जेठ ०८, २०८१, मंगलबार
               

मन्त्रिपरिषद‍‍् बैठक सकियो

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ ।  आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि बोलाएको  सो बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै, नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नउठेको सहभागी एक मन्त्रीले बताए।  उनका अनुसार मन्त्रिमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

यो पनि