भदौ २३, २०८१, आइतबार
               

बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चल्दै

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले आइतबारका लागि अचानक मन्त्रिपरिषद् बैठक बोलाएसँगै बालुवाटारमा प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार हाल अध्यक्षद्वयबीचको भेटवार्ता जारी रहेको छ । उनका अनुसार भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भइरहेको  छ । 

त्यसैगरी, प्रचण्डको सचिवालयले  पनि अध्यक्षद्वयबीच छलफल जारी रहेको बताइएको छ । तर, सो सचिवालयले छलफल कुन विषयमा केन्द्रित भएको भनी खुलाएन ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आइतबार प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो पनि