काठमाडौं । आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग सामान्य भएको बताएका छन् ।
अनसनस्थल त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो आग्रह गरेका हुन् । ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ, यसलाई पूरा गरिदिनूस्, ’ उनले भनेका छन् ।
माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।