जेठ ०६, २०८१, आइतबार
               

सरकारले नै सीमा विवादबारे बुझ्न लाप्चा पठाएका हुम्लाका सहायक प्रजिअलाई सरकारले उल्टै सोध्यो २४ घन्टे स्पष्टीकरण

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

सिमकोट । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको थियो ।

त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो । अशाेज ३ गते शनिबार त्यस तर्फ गएका लागेकाे प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन ।

घटनास्थलको बास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको हो । प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अबधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

सहायक प्रजिअ हमालले देशसञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताए । उनले स्पष्टिकरणको जवाफ लेख्ने तयारी गरिरहेको बताए ।

सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि