काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले सरकारसँग यसको सत्यतथ्य सार्वजनिक गर्न समेत माग गरेका छन् ।
हुम्ला जिल्ला,नाम्खा गाउँपालिकाको नेपाली भूमी चिनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ।यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रम @kpsharmaoli को ध्यान आकर्षित गर्दछु।
— Kamal Thapa (@KTnepal) September 23, 2020
अध्यक्ष थापाले सरकारको काममा पार्टीको प्रत्यक्ष हस्तक्षेप हुन नहुने दृष्टिकोणसमेत अघि सारेका छन् ।
चुनावी घोषणापत्र अनुसार कामगर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्छ।सरकार संबिधान/कानुन अनुसार चल्नुपर्छ।सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारी/संबैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादी/कम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ।प्रजातन्त्रमा हुंदैन
— Kamal Thapa (@KTnepal) September 23, 2020