जेठ ०६, २०८१, आइतबार
               

अनसनरत डा. गोविन्द केसीमाथि सरकारले अपमान गर्‍यो : गगन थापा

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अनसनरत डा. गोविन्द केसीमाथि सरकारले दुव्र्यवहार गरेको बताएका छन् । 

मंगलबार साँझ सामाजिक सञ्जाल एक ट्विटर गर्दै उनले यस्तो आरोप लगाएका हुन् । काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज जान नदिई जबर्जस्ती ट्रमा सेन्टर लगी उनी माथि दुर्व्यवहार गरेको सो ट्विटमा उल्लेख छ । 

‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन। तर, अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रूर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफैँ खनेको छ।’


कस्तो लाग्यो ?

यो पनि