काठमाडौं ।सोमबार पेरिसडाँडामा बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। स्थगित सो बैठक मंगलबार मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
थप गृहकार्यका लागि भन्दै हिजोको बैठक स्थगित गरिएको थियो । मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। बैठकमा मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्ति, एकताको बाँकी कामबारे छलफल हुने बताइएको थियो ।