जेठ ०६, २०८१, आइतबार
               

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ ।

यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पूरा भई निर्वाचन आयोगबाट मतपेटिका  व्यवस्था भएको सो निर्वाचन मंगलबार मन्त्रिपरिषद बैठकले नगर्ने निर्णय गरेसँगै स्थगित भएको हो । 

यसअघि सो निर्वाचन गर्ने वा नगर्ने भनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र मुख्य सल्लाहकार विष्णु रिमालबीच छलफल भएको थियो ।

एक स्रोतका अनुसार त्यही म्यानडेटका आधारमा मंगलबारको मन्त्रिपरिषद् बैठकले चुनाव स्थगित  भएको हो ।

यो पनि