जेठ ०६, २०८१, आइतबार
               

बाबुरामको प्रश्न - 'सरकार किन कानमा तेल हालेर बसेको ?'

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि सरकारले भित्राउन पहल नगरेको आरोप लगाएका छन् ।

२० अर्बभन्दा बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिनाभन्दा बढी समयदेखि सीमानामा अलपत्र परेको उनले बताएका छन् ।

लामो समयदेखि सामान रोकिँदा नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको भन्दै उनले ती समान भित्राउन पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा मंगलबार ट्विट गर्दै उनले, 'सरकार किन कानमा तेल हालेर बसेको हो ?' भनी प्रश्न गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि