जेठ ०६, २०८१, आइतबार
               

विद्युतीय राहदानी छपाइको अन्तर्राष्ट्रिय बोलपत्र रद्द

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौैं । विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको छ । एक वर्षको अन्तरमा दोस्रोपटक गरिएको सो बोलपत्र औपचारिक रुपमा सोमबार रद्द भएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । 

बोलपत्रमा सहभागी चार अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपुरो देखिएको र प्रक्रियागत कमजोरी देखिएकाले प्रस्तावको प्राविधिक मूल्याङ्कन समितिले दिएको सिफारिसअनुसार अन्तर्राष्ट्रिय टेन्डर रद्द गरिएको एक स्रोतले जानकारी दियो । 

विभागले २० लाख प्रति ई–पासपोर्ट छपाईका लागि गत फागुन १९ गते टेन्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियामा फ्रान्स, अमेरिका, जर्मनी र चीनसहित चार देशका कम्पनीले भाग लिएका थिए ।

यसअघि खोलिएको प्रस्तावका अनुसार फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी, अमेरिकी कम्पनी एचआइडी ग्लोबल, जर्मनीको लिबवा आइडी सर्भिस र चिनियाँ कम्पनी आइसिनो कर्पोरेसनले पासपोर्ट छाप्ने प्रस्तावमा बोलपत्र हालेका थिए ।

आर्थिक प्रस्ताव खोलेपछि विभागले प्राविधिक प्रस्तावको मूल्याङ्कनको लागि समिति गठन गरेको र यही समितिको प्रतिवेदनलाई आधार बनाएर दोस्रो पटक पनि पासपोर्टको टेन्डर रद्द गरिएको हो ।

विभागले ई–पासपोर्ट छपाईको लागि पहिलोपटक २०७६ भदौ १० गते ठेक्का आव्हान गरेको थियो ।

विभागले ५ वर्षमा ५० लाख ई–पासपोर्ट आव्हान गरेको ठेक्का कात्तिक २१ गते बोलपत्र बुझाउने अन्तिम दिनमा रद्द गरिएको सो ठेक्कामा १५  अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव बुझाका थिए ।

त्यसबेला मन्त्रिपरिषद्ले आफ्नै देशमा सेक्युरिटी प्रेस स्थापना गर्न लागेको र सोही सेक्युरिटी प्रेसमा राहदानी छाप्न सकिने भन्दै विभागलाई ठेक्का रद्द गर्न निर्देशन दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि