असोज ०६, २०८१, आइतबार
               

नेकपा सचिवालय बैठक अचानक स्थगित

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार दिउँसो एक बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक अचानक स्थगित भएको छ । एक  स्रोतका अनुसार सो बैठक मंगलबार दिउँसो साढे बार बजे लुवाटारमा बस्ने तय भएको छ । 

सोमबार  दिउँसो सो बैठक पेरिसडाँडामा बस्ने तय भएको थियो । मन्त्री हेरफेर र राजनीतिक नियुक्ति सो बैठकका मुख्य एजेन्डा थिए । 

आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहित चार एजेन्डामा छलफलमा भएको थियो । चार एजेन्डामध्ये मन्त्रीमण्डल हेरफेरको विषयले आइतबारको बैठकमा प्राथमिकता पाएको थियो ।

यो पनि