जेठ ०६, २०८१, आइतबार
               

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सो बैठक सुरु भएको हो ।

पार्टी एकतापश्चात् पूर्वमाओवादी कार्यालय पेरिस डाँडामा पहिलोपटक सो बैठक सुरु भएको हो । बैठकमा नेकपा अध्यक्ष केपी ओली पनि सहभागी छन् । पार्टी एकतासँगै यसअघि एक पटकमात्रै सो कार्यालय गए पनि औपचारिक बैठकका लागि उनी सो कार्यालय पहिलो पटक गएका हुन् । 

यसअघि पार्टीका बैठक पटक-पटक प्रधानमन्त्री निवास बालुवाटार र धुम्बराहीमा हुँदै आएका थिए । असोज २ मा बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको थियो । 

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि