बैशाख १९, २०८१, बुधबार
               

प्रमको सम्बोधन : राज्यप्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिन्छ, बाचा पूरा गर्न सकिएन

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरुद्ध अब कोही पनि लाग्न नपर्ने बताएकाछन् ।

संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफैले आफ्ना लागि बनाएको राज्य प्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिने बताएका हुन् ।

तर, यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्धजानी नजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित नहुने उनले बताए ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन्, ‘लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो संघर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका बिरुद्ध नेपाली जनतालाई परिचालित गर्यौं । ढाल्नु पर्ने र फाल्नु पर्नेसत्ताको रुपमा हामीले बिरोधको निशाना बनाएको राज्य ब्यवस्था, संविधानसभाद्वारा संविधान जारी भएसँगै समाप्त भयो । हामी अहिले जनताद्वारा, जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेका छौं ।’

ओलीले थप भनेका छन्, ‘अब प्रश्न उठ्छ– आफैंले, आफ्ना लागि लागि बनाएको यो ‘राज्य प्रणाली’मा खाल्डारखुल्डी भए सम्याउन सकिन्छ । तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्धजानीनजानी माहोलखडा गर्नु कुनै पनि हालतमा उचित हुनै सक्दैन ।’

यो संविधान र व्यवस्थाको मात्रै होइन,राष्ट्रिय अखण्डताकै विकल्प खोज्छु भन्ने शक्ति निःशर्त राजनीतिक मूलधारमा समावेश भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले आफुले पहिला पनि संविधानका कुनै धारा र दफाले कहिँकतै अधिकार ओझेलमा परेको भन्ने बुझाई भए सच्चाउन सकिने बताएको स्मरण गरे ।

उनले भने, ‘हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दलरसमूहहरु राष्ट्रिय मूलधारमा सामेल भईसिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं । आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु ।’

बाचा पूरा गर्न सकिएन

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा गर्न नसकिएको बताएका छन् । उनले भने, ‘गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुनेथियो ।’

उनले कोरोना महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुन नसकेको पनि उल्लेख गरे । प्रधानमन्त्रीले भने, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन सुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’ 

विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको भएपनि कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको पनि प्रधानमन्त्रीले बताए । उनले सरकारले कोभिड–१९ बाट प्रभावित उद्योग/व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको बताउँदै कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएको बताए ।

यस्तै अर्थतन्त्रलाई पुनरुत्थान गर्नकृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योग समेतलाई समेट्नेगरी पुनरकर्जाकोषको व्यवस्था गरिएको पनि प्रधानमन्त्रीले बताए । 

भ्रष्टाचार गर्न दिन्न

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ ।

ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।

यो पनि