जेठ ०६, २०८१, आइतबार
               

आवश्यक परे एमसिसी संशोधनसहित संसदबाट अनुमोदन हुन्छ : प्रवक्ता ज्ञवाली

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

बुटवलमा आयोजना भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘एमसिसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुन्छ,' उनले भने, ‘अझै पनि अन्तरविरोधहरु छन्, तर तिनलाई महाधिवेशनबाट समाधान गर्नेगरी पार्टी अहिले एक भएको छ।’

मन्त्री ज्ञवालीले भारतसँग कूटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने बताए । भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै उनले राष्ट्रियताको पक्षमा नेपाल उभिँदा सम्बन्धमा केही समस्या आउने उनको दाबी थियो । 

कोरोना नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन जनताको साथ र सहकार्य आवश्यक रहेको मन्त्री ज्ञवालीले बताए ।

यो पनि