जेठ ०६, २०८१, आइतबार
               

प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३औँ स्मृति दिवस मनाइँदै

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा परिचित सिंहको स्मृति दिवस मनाइने भएको हो । 

विसं २०४६ को जनआन्दोलन सफलपश्चात् तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारी नेपाली राजनीतिमा उनले त्यागको नमुना प्रस्तुत गरेका थिए । प्रजातन्त्रका लागि विशेष योगदान दिएका उनको जन्म विसं १९७२ कात्तिक २४ मा भएको थियो । 

काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय थिए । 
नेता सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रायट्ठ सबैजसो कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए। जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।


कस्तो लाग्यो ?

यो पनि