बैशाख २५, २०८१, मंगलबार
               

बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

गएकाे सोमबारको मन्त्रिपरिषद्काे बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।

‘सिफारिसअनुसार राष्ट्रपतिज्यूले उहाँलाई मनोनित गर्नुभएको छ। अब उक्त सूचना संसद सचिवालयमा जान्छ,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डाक्टर युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । 

गत फागुनदेखि खाली रहेकाे उक्त राष्ट्रिय सभा सदस्यमा गौतम मनोनित भएका हुन्  । गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि