बैशाख २५, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओलीलाई मोदीको यस्तो जवाफ

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘धन्यवाद्, केपी शर्माओलीजी, हामी नेपाल–भारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित रहेर थप सुदुढ बनाउनेबारे सोच्दैछौं ।’

यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्विटमारर्फत जन्मदिनको शुभकामना दिदैं दुई देशबीच सम्बन्ध सुदृढ बनाउनेगरी नजिक भएर काम गर्ने बताएका थिए । 

‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई जन्मदिनको शुभकामना । म तपाईको स्वास्थलाभ र खुसीको कामना गर्दछु । दुई देशबीचको सम्बन्ध बलियो बनाउन हामी निकट भएर निरन्तर काम गर्नेछौं,’ ओलीले लेखेका थिए ।

आज भारतीय प्रधानमन्त्री मोदीको ७१ औं जन्मदिन हो । सन् १९५० मा गुजरातमा मोदीको जन्म भएको थियो ।

यो पनि