बैशाख २६, २०८१, बुधबार
               

आज मध्यान्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज मध्यान्न १२ बजे नेकपाको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गरिने नेकपा स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको हाे ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्ने बताइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान रहेको छ ।

गत वर्ष सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि