बैशाख २५, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहीबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले  जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।

मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु ।

हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’ मोदीको आज ७० औँ जन्मदिन हो । उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।

यो पनि