जेठ ०६, २०८१, आइतबार
               

डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् । 

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिए । 

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रिय सभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि पनि उनी ६ महिना मन्त्री बनेका थिए । 

हाल अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीसँगै रहेकाले सल्लाहाकारका रुपमा डा. खतिवडा अर्थमन्त्रालयमा केन्द्रित हुने देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि