बैशाख १७, २०८१, सोमबार
               

प्रचण्डले सम्झिए स्व. बोगटीलाई

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन् । पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो ।

निष्ठाको राजनीति गरेका बोगटीको छैटौं स्मृति दिवसको उपलक्ष्यमा प्रचण्डसहित परिवारका सदस्यले तस्बिरमा माला लगाएर सम्झिएका थिए । बोगटीको स्मृतिमा वृहत कार्यक्रम राख्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी कार्यक्रम गरिएको हो । 

बोगटीले तत्कालीन माओवादीमा प्रचण्डका अत्यन्तै निकट भएर काम गरेका थिए । बेलाबेला पार्टीमा अप्ठ्यारो पर्दा प्रचण्डले बोगटीलाई सम्झिने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि