जेठ ०४, २०८१, शुक्रबार
               

गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । लामो विवादपछि राष्ट्रिय सभा सदस्यका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । गौतमलाई गत फागुन १४ गते राष्ट्रिय सभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो । तर प्रधानमन्त्रीले त्यसलाई लत्याउँदै आएका थिए । पछिल्लोपटक ओली पार्टीभित्र अल्पमतमा पर्दा गौतमले उनलाई साथ दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि