जेठ ०८, २०८१, मंगलबार
               

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, महत्वपूर्ण निर्णय गर्न सक्ने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँका अनुसार उनले नियमित हुने बैठक सोमबार साँझ ५ बजेका लागि बोलाएका हुन् । 

आकस्मिकबाहेक मन्त्रिपरिषद् बैठक हरेक साताको आइतबार वा सोमबार बस्ने गर्छ । साझ ५ बजेका लागि बोलाइएको सो बैठकले विशेष निर्णय लिन सक्ने बालुवाटार स्रोतले जानकारी दियो । 

सोमबार बस्ने मन्त्रिपरिषद्ले विद्युत् प्राधिकरणमा निर्देशक चयन गर्न सक्ने अनुमान गरिएको छ । नेपालमा लोडसेडिङ अन्त्य गरेको भन्दै  निकै प्रसंसा कमाएका कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । 

त्यसैगरी सोमबारकै मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख तथा सदस्य र सरकारका प्रवक्ता तोक्न सक्ने बालुवाटार स्रोतले जानकारी दियो । 


कस्तो लाग्यो ?

यो पनि