जेठ ०३, २०८१, बिहीबार
               

अध्यक्षद्वयको कार्ययोजनाप्रति माधव नेपालको आपत्ति

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

टिफिन टाइम भएकाले केहीबेर बैठक स्थगित भएको छ ।

अध्यक्षद्वय ओली र दाहालले १८ गतेको सचिवालय बैठकमा राखेको १५ बुँदे सहमतिमा आफ्ना कुरा नसमेटिएको भन्दै माधव कुमार नेपाल कडा रुपमा प्रस्तुत भएको एक सदस्यले जानकारी दिए ।

अहिलेसम्म माधवकुमार नेपाल लगायत ९ जना स्थायी समिति सदस्यले बोलेका छन् ।

बोल्नेमा अधिकांश माधव कुमार नेपाल पक्षधरका छन् । उनीहरुले कार्ययोजना माथि टिप्पणी गरेका थिए । अष्टलक्ष्मी शाक्य, भीम आचार्य, देव गुरुङ, घनश्याम भुसाल, लिलामणी पोखरेल लगायतले बैठकमा आफ्ना कुरा राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि