जेठ ०५, २०८१, शनिबार
               

ब्यास गाउँपालिकाले अतिक्रमित भूमिलाई समेटेर वृत्तचित्र बनाउने

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिकाले अतिक्रमित भूमिलाई समेटेर ‘डकुमेन्ट्री’ (वृत्तचित्र) बनाउने तयारी गरेको छ । 

गाउँपालिकाका अनुसार सो वृत्तचित्रले गुमेको भूमि फिर्ता ल्याउन सहयोगी हुने विश्वासका साथ वृत्तचित्र बनाउन लागिएको हो । वृत्तचित्रमा सो क्षेत्रको सामाजिक, सांस्कृतिक, भाषिकलगायत विषय समेटिनेछ ।  वृत्तचित्र बनाउने विषयलाई पालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटेको छ । 

सरकारले जारी गरेको लिम्पियाधुरा सहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साअनुसार उत्तर–पश्चिम छेउको नाबी, कुटी, गुञ्जी नेपालको दार्चुला जिल्लाको सो पालिकाले पहलकदमी अघि बढाएको छ । 

२०१५ सलको आमनिर्वाचनमा मतदान गरेका सो क्षेत्रका बासिन्दाले मतदान गरेका थिए । त्यसैगरी २०१८ सालको राष्ट्रिय जनगणनामा सो क्षेत्रका बासिन्दाको जनगणना लिइएको थियो ।

तर, विगत केही वर्षदेखि विभिन्न कारणले सो क्षेत्रका बासिन्दा राज्यबाट प्राप्त गर्ने आधारभूत सेवाबाट वञ्चित छन् । 

यो पनि