जेठ ०७, २०८१, सोमबार
               

नेपाली कांग्रेसले तीन दिन विचार गोष्ठी आयोजना गर्ने

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाली कांग्रेसले तीन दिनसम्म विचार गोष्ठी आयोजना गर्ने भएको हो । कांग्रेसले बिपीको १०७औँ जन्मजयन्तिको अवसरमा भदो २४-२६ सम्म सो कार्यक्रम गर्न लागेको हो । 

जुम एपमार्फत सञ्चालन हुने सो विचार गोष्ठि  भदौ २४, २५ र २६ सम्म सञ्चालन हुने  बताइएको छ । कांग्रेसका अनुसार भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुनेछ ।

बिपी गोष्ठिमा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुनेछन् । 

बिपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्छ ।


कस्तो लाग्यो ?

यो पनि