जेठ ०७, २०८१, सोमबार
               

राष्ट्रपतिका विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छिन् । उनले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् ।

ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । पाँचथरका ढकाल अहिले भक्तपुरमा बसोबास गर्छन् । उनले राज्यमन्त्रीसरहको सुविधा पाउनेछन् ।

अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु यादव र लक्ष्मी कार्की मात्र छन् । ढकालको नियुक्तिपछि विज्ञ सल्लाहकार तीनजना पुगेका छन् । यसअघि सरकारले उनलाई नीति तथा अध्ययन केन्द्रको सदस्यमा नियुक्त गरे पनि औपचारिक रुपले जिम्मेवारी नलिई बसेका थिए ।

यसअघिका राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, माधव शर्मा र नेत्र थापाले राजीनामा दिएका थिए ।

यो पनि