जेठ ०६, २०८१, आइतबार
               

सवारीसाधनमा नम्बरप्लेटको भाषाबारे सर्वोच्चको फैसला आपत्तिजनक : कमल  थापा

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सवारी नम्बर प्लेट अंग्रेजी नै कायम हुने सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति जनाएका छन् । उनले शनिबार ट्विट गर्दै सवारीसाधनमा लेखिने भाषामा सर्वोच्चले गरेको फैसला आपत्तिजनक भएको जनाएका हुन् । 

सरकारले सवारीसाधनमा उच्च प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्न अमेरिकी र बंगलादेशको संयुक्त कम्पनी डेकाटोर टाइगर नामक कम्पनीलाई जिम्मा दिएको थियो । सरकारले ठेक्का दिँदा नम्बर प्लेटमा लिखिने अक्षर र अंक अंग्रेजीमा हुने व्यवस्था गरेको थियो । त्यसविरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अंग्रेजी नै कायम हुने फैसला गरेको थियो । 

ट्वीटमा थापाले लेखेका छन्, ‘सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्छ भन्ने माग राप्रपाले बारम्बार उठाउँदै आएको छ। यसबारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक छ।’  नम्बर प्लेटमा प्रयोग हुने भाषाको विषयमा प्रधानमन्त्रीले सकारात्मक निर्णय लिने अपेक्षा गरेको समेत उनले बताएका छन् ।

नम्बर प्लेटमा प्रयोग हुने भाषाका बारेमा प्राज्ञहरूले समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


कस्तो लाग्यो ?

यो पनि