बैशाख २३, २०८१, आइतबार
               

डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन : डा. भट्टराई

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभा सदस्य नरहेसँगै अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको डा. भट्टराईले बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले दुई तिहाई निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर खतिवडालाई भए पनि उक्त अवसर उनले कनिका छरेरै बिताएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले गुणत्मक फड्को मार्ने काम नगरे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खतिवडाजस्तो अर्को अर्थमन्त्री आउने सम्भावना भने कम रहेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन ।२/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए’, भट्टराईले लेखेका छन्, ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु!’

यो पनि