जेठ ०७, २०८१, सोमबार
               

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजीनामा

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । 

अर्थमन्त्री खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री समक्ष राजीनामा दिनुअघि अर्थ मन्त्रालयमा बिदाइ कार्यक्रम गरिएको थियो । बिदाइ कार्यक्रममा सहभागी भएका उनले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफू जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

यसका अलवा उनले सो कार्यक्रममा वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनुपर्ने समय भएकाले बढी नै चुनौती रहेको बताएका थिए । उनले भने, ‘मेरो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको छ ।’

खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर शुक्रबार अर्थमन्त्रालयबाट बिदा भएका हुन् ।

यो पनि