केही बेरमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । जुन बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकले राष्ट्रियसभामा मनोनीतका लागि राष्ट्रपितसमक्ष सिफारिस गरेसँगै राष्ट्रपतिले मनोनीत गरेपिछ गौतम राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनेछन् ।
बिहीबार बसेको नेकपा सचिवालय सदस्यको बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । बिहीबार बसेको सो बैठकले यसअघि फागुनकै निर्णयलाई दोहोर्याएको हो ।
फागुन २० मा एकतिहाइ (१९) जना राष्ट्रिय सभा सदस्यको समयावधि सकिने भएकाले तत्कालीन अवस्थामा राष्ट्रिय सभामा कसलाई लैजाने भनी नेकपाभित्र राम्रै घनचक्कर भएको थियो ।
तर, प्रधानमन्त्री ओली दोस्रो पटक आफ्नो मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएसँगै सो घनचक्करको अन्त्यसँगै ओलीले तत्कालीन अर्थमन्त्री युवारज खतिवडालाई नै अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए ।