जेठ ०७, २०८१, सोमबार
               

नेकपाको विवाद मिलाउन सचिवालय बैठक आज बिहान ११ बजे बस्दै

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) बिहान ११ बजे बस्दै छ ।  बुधबार प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छलफल भएको थियो ।

नेकपा पार्टी भित्रै विवाद उत्पन्न भएपछि प्रचण्ड र ओलीबीच सम्बन्धमा चिसो हुँदै गएको थियो । त्यस विषयको सामाधानका लागि सोही पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज बस्ने सचिवालयको बैठकमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि