बैशाख २२, २०८१, शनिबार
               

सिटिभिटीमर्फत सञ्चालित कार्यक्रम हटाएकोमा नेविसंघको आपत्ति

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ । 

नेविसंघका अध्यक्ष राजीव ढुंगानादारा सोमबार एक  विज्ञप्ति जारी  गर्दै आपत्ति जनाएको हो । 

‘हाल कोभिड–१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजनाविना नै किन बन्द गरियो,’सो विज्ञप्तिमा भनिएको छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी विषयहरु खारेज गरिएकोमा आपत्ति जनाएको हो ।

भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसइईस्तरका १८ महिने तालिम बन्द गरिएको नेविसंघको भनाइ छ ।

यसका अलवा नेविसंघले विज्ञप्तिमार्फत नयाँ शैक्षिकसत्र र भर्ना तथा पठनपाठनको सम्पूर्ण तयारी भैसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि ठूलो नकारात्मक असर पारेको नेविसंघको ठहर छ । यो निर्णय सरकारको गलत मनसायबाट भएको ठहर गरेको छ । 

नेविसंघका अध्यक्ष ढुंगानाद्वारा जारी गरिएको सो विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल–१, लेभल–२ जस्ता तालिमहरुमार्फत् शुल्क असुल्ने क्रियाकलाप खराब नियत र मनसायबाट ग्रसित छ ।’ 


कस्तो लाग्यो ?

यो पनि