नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुलाई सरुवा गरेको हो ।
२०७७ भदौ १५ को निर्णयअनुसार सरुवा भएको ठाउँबाटै उनीहरुले भदौ महिनाको तलब भत्ता पाउनेछन् ।