असोज ०६, २०८१, आइतबार
               

महिला हिंसा रोक्न साझा संयन्त्र गठन गर्न माग

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । महिला हिंसा रोक्न तीनै तहका सरकार सम्मिलित साझा संयन्त्र गठनको माग भएको छ । सोमबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले गरेको भर्चुअल बैठकमा सहभागी सांसदहरुले यस्तो माग गरेका हुन् ।

कानुन बलियो बनाएर मात्र महिला हिंसा न्यूनीकरण  नभएको बताउँदै  प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरुले भएका कानुनको कार्यान्वयन र सामाजिक रुपमा नै महिला हिंसा अन्त्य गर्न तीनै तहमा साझा संयन्त्र गठनको  माग गरेका छन् । 

कानुनमा महिला हिंसासम्बन्धी व्यवस्था भए पनि सो व्यवहारमा कार्यान्वयन हुन नसकेको उनीहरुको भनाइ छ । 

बैठकमा महिलाविरुद्धको हिंसा अन्त्यका लागि संघीय र प्रदेशका सांसदबीच समन्वय गर्नुपर्ने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच पनि संयन्त्र बनाएर महिला हिंसाविरुद्ध अगाडि बढ्नुपर्ने, तीनै तह सम्मिलित साझा संयन्त्र गठन गरी अघि बढ्नुपर्ने, भएका कानुन कार्यान्वयन गरिनुपर्ने, कर्णाली र सुदूरपश्चिममा रहेका छाउगोठ भत्काउने अभियान चालिनुपर्नेजस्ता सुझाव प्राप्त भएका छन् । 

यसका अलवा सो बैठकमा महिला हिंसा न्यूनीकरण कारण हुन नसक्नुका कारणबारे पनि छलफल भएको थियो । 

महिला हिंसा अन्त्यका लागि यसअघि २०७५ भदौ ८ मा प्रतिनिधिसभाबाट महिला हिंसा न्यूनीकरणसम्बन्धी संकल्प प्रस्ताव पारित भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि