जेठ ०४, २०८१, शुक्रबार
               

केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्दैन : प्रचण्ड

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन् ।

एपीवान टेलिजिभनबाट प्रसारण हुने कार्यक्रम 'द ब्राभो डेल्टा शो'मा ओलीको राजीनामाकाे विषय सकिइसकेको र अब महाधिवेशनतर्फ जाने दिशामा पार्टी अघि बढिसकेकाले हाललाई पदको विषय टुंगिएको प्रचण्डले बताए ।

प्रचण्डका अनुसार हिजो/आज कहिल्यै पनि पदकाे लागि विवाद नभए पनि आफूहरूले बुझाउन नसक्दा जनताको बीचमा पदका लागि बखेडा झिकिएको जस्तो सन्देश गएको थियो । उनले भने- 'पदकै लागि भए पार्टी एकता नै हुने थिएन । पार्टी एकता गर्दा बनाइएका सैद्धान्तिक आधार र विधि प्रक्रिया पालना नभएको विषयमा बहस गरिएको भए पनि गलत सन्देश प्रवाह भयो ।'

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने बताए पनि आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन र प्रदेश सरकार फेरबदल भने गर्न सकिने अध्यक्ष प्रचण्डकाे भनाइ थियो ।

यो पनि