काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै प्रधानमन्त्री ओलीले परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्- 'राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे १०२ वर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ । साहित्य मार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।...+ pic.twitter.com/G66wwJ6t2C
— K P Sharma Oli (@kpsharmaoli) August 18, 2020