पोखरा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । नेपाली कांग्रेले गण्डकी प्रदेशको आइतबार बसेको बैठक अवरुद्ध गरेको हो ।
महामारीको रुप लिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दबाब दिन भन्दै गत असार २३ गते संकल्प प्रस्ताव दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत भएपछि कांग्रेसले आइतबार सो प्रदेश सभा बैठक अवरुद्ध गरेको हो ।
प्रदेश सरकारले जनस्वास्थ्यजस्तो संवेदनशील विषयलाई सरकारले पैसासँग दाँजेको आरोप लगाएको छ ।