जेठ ०८, २०८१, मंगलबार
               

मन्त्रीको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् ।

सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारविहीन बनाएको छ । ‘हामी विकासविरोधी होइनौं । तर, विभेदपूर्ण सडक विस्तारको मात्रै विरोधमा छौं’ मानन्धर भन्छन्, ‘पहुँचवालाको घर जोगाउन ३८ परिवारलाई घरविहीन बनाइएको छ ।’

बालाजु चक्रपथ क्रसिङदेखि बालाजु बजार हुँदै नगरपालिका सीमासम्मको सडक प्रशाखा (कनेक्ट) सडक हो । काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा प्रशाखा सडकको १४ मिटरमा निजी संरचना निर्माण गर्न नपाइने उल्लेख छ ।

पुरानै सडक ८ मिटर चौडा थियो । त्यसलाई मापदण्डअनुसारको बनाउन ६ मिटर फराकिलो बनाउनुपर्थ्यो । त्यसका लागि सडकको दुवैतर्फ तीन-तीन मिटर संरचना भत्काएको भए पुग्ने थियो ।

स्थानीय भीमदेव श्रेष्ठ भन्छन्, ‘सरकारले एकातिर मात्रै ६ मिटर फराकिलो पार्दा हामी घरविहीन भयौं ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको दायाँ-बायाँ बराबर संरचना भत्काउनुपर्नेमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सिनेमा हल जोगाउन एकतर्फको मात्रै संरचना भत्काएको स्थानीयवासीको गुनासो छ ।

राज्यमन्त्री मानन्धरको काठमाडौं-१६, बालाजुस्थित अष्टनारायण चलचित्र भवन जोगाउनकै लागि प्राधिकरणले एकातर्फको मात्रै सडक भत्काएको स्थानीय श्याम मानन्धर बताउँछन् ।

सडकको पूर्वतर्फ भत्काउन चिह्न लगाएर पनि प्राधिकरणपछि हटेको देखिन्छ ।

 


कस्तो लाग्यो ?

यो पनि