जेठ ०९, २०८१, बुधबार
               

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीलाई टेलिफोनमार्फत शुभकामना दिएका हुन् । हरेक अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । 

यसै अवसरमा प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीलाई फोनबाटै बधाई एवं शुभकामना व्यक्त गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे ।

यसअघि प्रधानमन्त्री ओलीले शनिबार बिहान सामाजिकसञ्जाल ट्विटरमार्फत स्वतन्त्रता दिवसको अवसरमा भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि