जेठ ०९, २०८१, बुधबार
               

नेपालको नयाँ नक्सा अंग्रेजी संस्करण स्वीकृत

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण स्वीकृत भएको छ । 

नापी विभागले तयार पारेको लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक अंग्रेजी संस्करणको सो नक्सा शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वीकृत गरेकी हुन् ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरू, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका लागि बाटो खुलेको मन्त्री अर्यालको भनाइ छ ।

यसका अलवा उनले नेपालको अद्यावधिक मानचित्र विश्व जगतलाई जानकारी गराउनु जरुरी भएकाले पनि अंग्रेजी संस्करणमा नक्सा प्रकाशन गरेको बताइन् । 

संस्करण भएको नेपालको नेपाली संस्करण जेठ ८ मा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण विभागले शुक्रबार प्रकाशन गरेको हो ।

१६ कार्तिक २०७६ मा भारतले कालापानी, लिपुलेक सहितका भूभाग आफ्नोमा पारेर नक्सा निकालेपछि नेपालले त्यसको विरोध गरेको थियो ।

सन् १८१६ को सुगौली सन्धि लगायतका तथ्य तथा प्रमाणको आधारमा सरकारले ५ जेठमा लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । भारतद्वारा प्रकाशित नक्साहरूमा पनि लिम्पयाधुरासम्म नेपाल हो भन्ने स्पष्ट छ ।

यो पनि