काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान सेवा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान र विद्यालय भर्ना भदौ १ गतेदेखि निर्णय गरेको थियो ।