बैशाख २२, २०८१, शनिबार
               

वीरगञ्जममा नेविसंघ र प्रहरीबीच झडप

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ ।

नारायणी अस्पताललाई जनरल सेवा सुविधासहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोना महामारीका कारण कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गर्दा प्रहरीले दमन गरेपछि सो झडप भएको हो । 

सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६ बुँदे माग राखी नेविसंघले जिल्ला प्रशासन कार्यालयअगाडि केही दिन अघिदेखि धर्ना दिँदै आएको थियो ।

प्रहरीले नेविसंघका विकास तिवारी, शेख हजरा र मनोज साहलाई पक्राउ गरेको छ ।

प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेपनि उनीहरुले प्रमुख जिल्ला अधिकारीसँग समय भने नलिएको प्रशासन कार्यालयले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि