बैशाख १९, २०८१, बुधबार
               

राष्ट्रिय सभाका ४ वटा समितिको सभापतिमा एकल उम्मेदवारी

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाका चारवटा विषयगत समितिको सभापतिमा चारै वटामा एकल उम्मेदवारी परेको छ । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हो । उम्मेदवारको बिहीबार मनोनयन पत्र दर्ता गरिएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङको मात्र उम्मेदवारी परेको छ । गुरुङको नाम तारामान स्वाँरको समर्थनमा देवेन्द्र दाहालले प्रस्ताव गरेका थिए ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारीले उम्मेदवारी दिएका छन् । बिडारीको नाम शेरबहादुर कुँवरको समर्थनमा राधेश्याम अधिकारीले प्रस्ताव गरेका थिए ।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ । भट्टको समर्थक रमेशजंग रायमाझी हुन् भने दीनानाथ शर्मा प्रस्तावक हुन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएकी छन् । अनिता देवकोटाको समर्थनमा खिमलाल भट्टराईले उनको नाम उम्मेदवारमा प्रस्ताव गरेका थिए ।

सबै समितिमा एकल उम्मेदवारी परेकाले उम्मेदवारहरु स्वत: निर्वाचित हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि