बैशाख १९, २०८१, बुधबार
               

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नियमित बस्ने मन्त्रिपरिषद्को नियमित बैठक केही छिनमा बस्दै छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठक नियमित भए पनि लकडाउन सम्बन्धी विशेष निर्णय हुने बताइएको छ । 

पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएका छन् । लकडाउन खुलेसँगै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । 

यसका अलवा कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतमा कोरोना पुष्टि हुने क्रम धामाधम बढिरहेको छ । 

चैत ११ देखि सुरु भएको लकडाउन यसअघि सरकारले औपचारिक रुपमा हटेको घोषणा गरेको थियो । तर, सो घोषणापश्चात संक्रमितको संख्या बढ्दै गइरहेको छ । 

जसका कारण यतिखेर लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । 

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरेको छ । 

यो पनि