जेठ ०४, २०८१, शुक्रबार
               

नेकपा एमाले र नेकपा केन्द्र क्रमश: भन्छन्, 'ओली र दाहाल आए स्वागत गर्न सक्छाैँ ‍'

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा केन्द्रका अध्यक्ष गोपाल किरातीले आफ्नो पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड आउने भए आफू सल्लाह गर्न तयार रहेको बताएका छन् । 

अघिल्लो बुधबारदेखि जारी नेकपा स्थायी कमिटी बैठक जारी रहेकै बेला एमालेनामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा दुई अध्यक्षबीच घोचपेच भइरहेका बेला नेकपा केन्द्रका अध्यक्ष गोपाल किरातीले यस्तो बताएका हुन् । 

किरातीले भने, ‘प्रचण्ड आउँछन् भने सल्लाह गर्न सकिन्छ ।’

त्यसैगरी, स्थायी कमिटी बैठक जारी रहेकै बेला निर्वाचन आयोगमा पार्टी दर्ता भएको नेकपा एमालेले पनि ओली एमालेमा आए आफू स्वागत गर्न तयार रहेको बताएको छ । 

पार्टी स्थायी समिति कमिटी बैठकमा निर्वाचनमा दर्ता भएको नेकपा एमालेलाई लिएर प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न शंका उपशंका गरेका र त्यसैको जवाफमा ओलीले पनि प्रचण्डलाई लक्षित गरेर ‘तपाईंले पनि त नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ नि भनी भन्ने अभिव्यक्ति दिएपछि दुवै अध्यक्षलाई पूर्वएमाले र नेकपा केन्द्रले आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् । 

नेकपा केन्द्र र एमाले एकता भएसँगै नेकपाका नेता गोपाल किराती एकीकरण प्रक्रियामा समाहित नभई प्रचण्डले छोडेको नेकपालाई सम्हालेर बसेका छन् । हाल सो पार्टीको अध्यक्ष पनि किराती स्वयं छन् । 

तर, पूर्वएमाले  र पूर्वमाके एकता भएसँगै नेकपा एमाले भने विगठन भएको थियो । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपामा सबैतिरबाट अल्पमतमा परिरहेका बेला निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेलाई भने निकै महत्वका साथ हेरिएको छ । 

जुन कार्य नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा भएको भनी नेकपाभित्र ओलीको आलोचना हुँदै आएको छ । 

यो पनि