बैशाख २२, २०८१, शनिबार
               

नेविसंघले ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान गर्दै

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघले देशभर ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि उक्त अभियान सञ्चालन गर्ने बताएका छन् । 

यस्तै, सो नेविसंघले जिल्लाभर रहेका क्वारेन्टाइनको अवस्था, पिसिआर परीक्षणको उपलब्धता र अस्पतालमा गरिने स्वास्थ्य उपचारको अवस्था बारेमा अनुगमन गर्ने तथा खबरदारी गर्ने बताएको छ । अध्यक्ष ढुङ्गानाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने निःशुल्क पाठ्यपुस्तक घर–घरमा पुगेर वितरण गरिने बताए । 

नेविसंघका महामन्त्री दीपक भट्टराईले जिल्लाभित्रका निजी विद्यालयले शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क उठाउने कुरा रोक्न अनुगमन गर्ने बताए । उनले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीको अवसरमा असार १८ मा देशभर रक्तदान र वृक्षरोपण गर्न सबै जिल्लालाई परिपत्र गरिएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि