बैशाख २२, २०८१, शनिबार
               

पुष्कर ओझालाई कारबाही गरेकोमा पौडेल असन्तुष्ट

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि प्रश्न उठाएका छन् । पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् ।

उनले विगत निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेद्वार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असंतुष्टि जनाएका छन् ।

उनले तनहुँ क्षेत्र नम्बर १ मा वागी उमेदवारी दर्ता गरेको गोविन्दराज जोशीसँग जोडेर सिटिङ संसद तथा उम्मेदवारी खेसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथि गंभीर प्रश्न उठेको उल्लेख गरेका छन् ।

ओझा पौडेल पक्षका नेता मानिन्छन्। आरजु देउवालाई चुनाव हराउन ओझाले भूमिका खेलेको भन्दै भीष्मराज आङ्दङ्बे नेतृत्वको अनुशासन समितिले कारवाही गरेको हो । पाँच दिन अघि अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री जोशी, महासमिति सदस्य ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही कारबाही गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि