जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डको पुस्तक सार्वजनिक

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । 

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार समेटिएका छन् । पुस्तकमा ४२ शीर्षकमा प्रचण्डका विचार समावेश छ ।

प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठान नेपालका अनुसार २४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।

विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका प्रयास पुस्तकमा समावेश छन् ।

अध्यक्ष प्रचण्डले यस पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, वुद्धिजीवि र शुभेच्छुकहरुमा कृतज्ञता व्यक्त गरेका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा ३८५ पृष्ठहरु छन् । पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

यो पनि