जेठ ०३, २०८१, बिहीबार
               

कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो : कमल थापा

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन् ।

उनले तथाकथित् कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको कार्यकारी बैठकमा आफ्नो मन्तव्य राख्दै थापाले सो कुरा व्यक्त गरेका हुन् ।

‘मेरो विचारमा मध्य–दक्षिणपन्थीहरुको हाम्रो विश्वव्यापी गठबन्धनसामु विशाल संभावना छ,’ उनले भनेका छन्, ‘विखण्डन र छिटोछिटो परिवर्तन भइरहेको अहिलेको विश्वमा हामीसामु आफ्नो संगठनलाई अझ विस्तार गर्ने, संसारभरका अझै धेरै परम्परावादीहरुबीच सञ्जालसँग सहकार्य गर्नुपर्छ ।’

वक्तव्यमा उनले विश्वभर तथाकथित कम्युनिष्ट र समाजवादीहरु आमरुपमा ओरालो लागे पनि त्यो धारबाट उत्पन्न खतरा भने कायमै रहेको टिप्पणी गरेका छन् ।

‘वास्तवमा, यो नयाँ अर्थ र आकारमा प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारमाथि खतराको रुपमा उदाएको छ,’ उनले भनेका छन्, ‘त्यसकारण विचार मिल्ने राजनीतिक दलहरुको एकता र गठबन्धन अझै सशक्त पार्नु आवश्यक छ ।’ 


कस्तो लाग्यो ?

यो पनि